,
|

सिरियल किसरको भाउ बढ्यो


मुम्बई, वैशाख १ (एजेन्सी)- बलिउड कलाकार इमरान हासमी आफ्नो नामभन्दा बढी सिरियल किसरका चिनिन्छन्। उनले खेलेका चलचित्रका दृश्यहरूका बारेमा जोकोहीले पनि सहजै अन्दाज लगाउन सक्छ। सम्भवतः यही कारणले होला उनले खेलेका लगभग हरेक चलचित्रले बक्स अफिसमा राम्रो कारोबार गरेको छ। वन्स अपन ए टाइम इन मुम्बई र दि डर्टी पिक्चरले त उनलाई सफलताको रथमा वसाएको छ। यिनै कलाकार हासमीले अब आफ्नो पारिश्रमिक बढाएका छन्।


  उनको पारिश्रमिक अब १६ करोड रुपैया (१० करोड भारु) पुगेको छ। बलिउडका तिन खान, सलमान खान, अमिर खान र शाहरुख खान प्रति चलचित्र ४४ ४५ करोड रुपैया लिने गर्छन्। आफ्नो पारिश्रमिक वाहेक यी कलाकारको नाफामा पनि हिस्सेदारी हुने गर्छ ।

बलिउडका ए श्रेणीमा सामेल कलाकार ऋतिक रोसन र अजय देवगन प्रति चलचित्र ३२ करोड रुपैया लिने गर्छन्। त्यस्तै रणबीर कपूर र शाहिद कपूरले प्रति चलचित्र १६ करोड रुपैया लिने गर्छन्। अब इमरान हासमीले आफूलाई पनि यिनै कलाकारको सूचिमा पुर्‍याएका छन्।
Source : http://www.nagariknews.com/

0 comments:

Post a Comment