,
|

पत्याएनन् अभिनेत्रीहरूले

मुम्बई (एजेन्सी), वैशाख १ - ठूलै आशा गरिएको 'मौसम' ले हावा खाएपछि यति बेला शाहिद कपुर मूलधारका फिल्मबाट बाहिरबाहिरै धकेलिएका छन् । अर्थात्, क्षेत्रीय भाषाका फिल्महरूतिर । तर त्यहाँ पनि दैव उनका लागि दाहिना भइहालेका छैनन् । जस्तो, उनी दक्षिण भारतीय फिल्ममा खेल्न तम्सेका थिए तर नायिका पाउनै गाह्रो पर्‍यो ।
रियल लाइफमा समेत सिंगल शाहिदको उक्त फिल्मका लागि सोनाक्षी सिन्हा र त्यसपछि असिनलाई अफर गरिएको थियो । तर दुवैले अस्वीकार गरिदिए । तर उनीहरूले फिल्म खेल्न नचाहनुमा शाहिद कारण नभएको स्पष्ट गरेका छन् । सोनाक्षीले आफूलाई स्त्रिmप्ट नै चित्त नबुझेको दाबी गरेकी छन् । 'नायिकालाई ठाउँ नै नदिएको जस्तो लाग्यो । फिल्म पूरै नायकलाई केन्द्रमा राखेर लेखिएको रहेछ ।' उनले यस्तो फिल्ममा खेलेर आफ्नो भविष्य नबन्ने भन्दै अस्वीकार गरिदिएकी हुन् ।
सलमान खानको 'दबंग' बाट करिअर सुरु गरेकी सोनाक्षीको यो वर्ष आधाउधीबाट लगातार पाँच फिल्म रिलिज हुने भएका छन् । उनी दक्षिण भारतीय फिल्मको बलिउड रिमेककै लागि अक्षयकुमार र सलमान खानसँग भने खेल्न लागेकी छन् ।
तर उनले शाहिदको अपोजिट खेल्न नमानेपछि असिनलाई आग्रह गरिएको थियो । उनी पनि आगामी वर्ष आफ्ना लागि महत्त्वपूर्ण रहेको ठान्दै लरतरो फिल्म नखेल्ने भइन् । चेतन भगतको उपन्यासमा आधारित हुने भनिएको फिल्ममा सलमान र शाहरुख खानसँग देखिन पाउने भएपछि उनी करिअरलाई लिएर बढी नै आशावादी छिन् ।
अन्ततः उक्त भूमिकाका लागि फिल्म युनिटले एलिना डिक्रुजलाई भेटेको छ । उनी रणवीर कपुर र पि्रयंका चोपडाको मुख्य भूमिका रहने फिल्म 'बर्फी' मार्फत बलिउड छिरेकी हुन् ।

0 comments:

Post a Comment