,
|

आशा गरिएका कलाकार असफल भएको वर्ष ०६८


यो वर्ष गत वर्ष के के नै गर्छन् कि भनेर आशा गरिएका अधिकांश कलाकार असफल बने । नायिका सुमिना घिमिरेका लागि यो वर्ष सुखद बन्न सकेन । उनले अभिनय गरेको दुलही, किन मायामा, छविलाल कञ्जुस छैन, सडक जस्ता सिनेमा असफल भए । जसका कारणले उनको सिने क्षेत्रको यात्रा लामो समय जाने कुरामा शंका व्यक्त गर्न सकिन्छ ।

नायिका निता ढुंगानाले अभिनय गरेको चलचित्र हाम्रो माया जुनी जुनीलाई पनि खासै सफल हुन सकेन । नायक प्रशान्त तामाङले गत वर्ष ब्लकबस्टर गोर्खापल्टन सिनेमा दिएपनि यो वर्ष भने उनले अभिनय गरेको चलचित्र किन मायामा र अंगालो यो मायाको दुवै असफल रहे । यसका कारण उनको नेपाली सिनेमा करीअर पनि धरापमा परेको विश्लेषण गरिएको छ । नायिका केकी अधिकारीका लागि पनि यो वर्ष सुखद बन्न सकेन । उनले अभिनय गरेको चलचित्र स्वरले गतवर्ष असफलताको स्वाद चाखेको थियो । यो वर्ष उनले अभिनय गरेको आई.एम.सरी. र मायाको बारीमा सिनेमा रिलीजमा आए । तर यी दुवै सिनेमा असफल भएपछि केकीको चलचित्र यात्राको सुरुवातमै झट्का लागेको छ ।

यीबाहेक अनु शाह, जिया के.सी., शशि खड्का सबैको उपस्थिती अर्थहिन नै रह्यो । नेपाली चलचित्रका यो वर्ष कुनै पनि त्यस्ता कलाकारको आगमन भएन जो लामो रेसको घोडा बन्न सकुन् । कलाकारको आगमन नहुँदा सिनेमा क्षेत्रमा सिनेमा बनाउनेले खोजेजस्तो कलाकार पाउन निर्माता निर्देशकलाई धौ धौ पर्यो । कतिपयले अडिसनको बाटो रोजेपनि कलाकारको आगमन खासै सुखद बन्न सकेको देखिएन ।

यसरी वर्ष २०६८ आशा गरिएका सबै कलाकार असफल भएको देखिन्छ । यो वर्ष प्रदर्शनमा आएको चलचित्र चपली हाईट सफल भएपछि नायिका बिनिता बराल केही आशा गरिएकी नायिकाको रुपमा देखिएकी छिन् । उनको अगाडिको बाटो कस्तो हुने हो यो भने हेर्न अर्को वर्ष नै कुर्नुपर्ने देखिन्छ । यी बाहेक अन्य सवै कलाकार अनुहार देखाउन मात्र आए । जो जुन बाटो गरेर आएपनि कुनै पनि कलाकारको आगमन सुखद बन्न सकेन ।

0 comments:

Post a Comment